सात वर्ष कान्छा आदिलसँग राखी सावन्तकाे ‘काेर्ट म्यारिज’
सात वर्ष कान्छा आदिलसँग राखी सावन्तकाे ‘काेर्ट म्यारिज’

भारतीय सञ्चारमाध्यम टेलिटक इन्डियाका अनुसार आदिलले विवाहको खबर झुटो रहेको बताएका छन्।

    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

भारतीय अभिनेत्री राखी सावन्तले विवाह गरेकी छन्। उनले आफ्नो प्रेमी आदिल दुर्रानीसँग कागजी विवाह गरेकी हुन्।

राखी र आदिलको विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहका केही तस्बिर र भिडिओ समेत सार्वजनिक गरेकी छन्। तर उनीहरूले कहिले विवाह गरेका थिए भनेर खुलाएका छैनन्।

उनीहरू पछिल्लो समय एकसाथ देखिँदै आएका थिए। राखीले भारतीय सञ्चारमाध्यममा आदिललाई आफ्नो प्रेमीको रूपमा परिचित गराएकी थिइन्। उनीहरूले आफू प्रेम सम्बन्धमा रहेको कुरा बताए पनि विवाहबारे खुलेर कुरा गरेका थिएनन्।

भारतीय सञ्चारमाध्यम टेलिटक इन्डियाका अनुसार आदिलले विवाहको खबर झुटो रहेको बताएका छन्। सोही सञ्चारमाध्यमसँग कुराकानी गर्दै राखीले विवाह भएको जानकारी दिएकी छन्।

सार्वजनिक तस्बिरमा राखीले सेतो र गुलाबी रंगको शरारा लगाएकी छन्। आदिल शर्ट र पाइन्टमा देखिएका छन्।

राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन्। राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो।

राखी सावन्त भारतीय अभिनेत्री तथा मोडल हुन्।

साताकाे चर्चित
सम्बन्धित