प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेट
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेट

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्ने

    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्।

संसदबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डा टुंगिसकेको छैन।

स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्ने ओली बालुवाटार पुगेका हुन्।

यसअघि बुधबार साँझ ‌ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनको निवास बालकोट पुगेका थिए।

मन्त्रालय भागबन्डा गर्न आज सत्तारूढ घटकको बैठक बस्ने भनिएको थियो। तर अहिलेसम्म उक्त बैठक बस्ने/नबस्ने टुंगो छैन।

साताकाे चर्चित
सम्बन्धित