कर्णालीका मुख्यमन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीहरूलाई कुन मन्त्रालय दिने भन्ने टुंगो भने लागेको छैन।

    • Bell Sanchar

    • २८ पुष २०७९, बिहीबार

कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार प्रदेश प्रमुख तिलक परियारले नियुक्त भएका मुख्यमन्त्री राजकुमार शर्मा र दुई जना मन्त्रीलाई शपथ खुवाएका हुन्।

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका मुख्यमन्त्री शर्माले बिहीबार नेकपा एमाले र माओवादी केन्द्रबाट एक-एक जना मन्त्री नियुक्त गरेका छन्।

कर्णाली प्रदेश सभामा मुगुबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका मंगलबहादुर शाही र दैलेखबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह मन्त्रीमा नियुक्त भएका हुन्

नवनियुक्त मन्त्रीहरूलाई कुन मन्त्रालय दिने भन्ने टुंगो भने लागेको छैन।

मुख्यमन्त्रीका लागि माओवादीले दावी पेश गर्नुअघि सत्ता साझेदार दलहरूबीच बुधबार भएको छलफलबाट कर्णाली प्रदेशमा माओवादीले मुख्यमन्त्रीसहित चार र एमालेले तीनवटा मन्त्रालय लिने निर्णय भएको थियो।

यस्तै छलफलबाट मन्त्रालयको संख्या आठ वटा बाट घटाएर सात वटा बनाउने, मुख्यमन्त्री एमाले र माओवादीले आधा–आधा कार्यकाल गर्ने निर्णय भएको थियो।

Nabintech
साताकाे चर्चित
सम्बन्धित