कार्तिक आर्यन अभिनीत ‘शेहजादा’ को ट्रेलर (भिडिओ)
कार्तिक आर्यन अभिनीत ‘शेहजादा’ को ट्रेलर (भिडिओ)
    • Bell Sanchar

    • २९ पुष २०७९, शुक्रबार

बलिउड अभिनेता कार्तिक आर्यनको आगामी फिल्म ‘शेहजादा’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा दुई बच्चा जन्मँदै साटिएको र धनी परिवारको बच्चा गरिब परिवारमा साटिँदा आउने उतारचढावलाई देखाइएको छ।

यो फिल्मलाई रोहित धवनले निर्देशन गरेका हुन्।

भुषण कुमार, कृष्ण कुमार, एस राधा कृष्ण र अमन गिलको लगानी रहेको फिल्ममा कार्तिकसँगै कृति सेनन, मनिषा कोइराला, परेश रावल, रोनित रोय, सचिन खेडेकरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा त्रिविक्रम श्रीनिभासले तयार पारेका हुन्।

यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे अभिनीत फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। ‘अला वैकुन्ठपुरमेलो’ बक्स अफिसमा हिट सावित भएको थियो।

यो फिल्म फ्रेबुअरी १० देखि प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित