अध्यक्षमा गुरूङ पुनःनिर्वाचित, सीआईएल काठमाडौंको
अध्यक्षमा गुरूङ पुनःनिर्वाचित, सीआईएल काठमाडौंको
    • Bell Sanchar

    • ३० पुष २०७९, शनिबार

काठमाडौ 

अपाङ्ता भएका व्यक्तिहरुका लागि स्वावलम्बन जिवन पदत्ति केन्द्र (CIL~kathmandu ) काठमाण्डौंको अध्यक्षमा टेक बहादुर गुरूङ पुनःनिर्वाचित भएका छन् ।
मंगलबार काठमाडौंमा सम्पन्न ७ औं अधिवेसनबाट दोस्रो कार्यकालका लागि गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको निर्वाचन भएको छ ।

सीआईएल काठमाडौं अपाङ्गता भएका व्यक्तिहरुको अवरोधमुक्त वातावरणमा जीवनयापनका सन्दर्भमा अगुवाई गर्ने नेपालकै एकमात्र नेतृत्वदायी संस्थाको रुपमा कार्यरत छ । यस संस्थाले समाजमा रहेका पूर्ण र अतिअशक्त अपांगता भएका व्यक्तिहरूलाइ प्राथमिकतामा राखी सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको हक अधिकार स्थापना तथा अपांगतामैत्री वातावरण निर्माण गरी उनीहरूलाइ समाजमा सम्मानित जीवनयापन गराउने उद्देश्यबाट स्वयं अपाङ्गता भएका व्यक्तिहरुबाट स्थापित र सञ्चालित संस्था हो ।

साताकाे चर्चित
सम्बन्धित