दुई महिनासम्म स्थगित भएको हाड बजार पुन सञ्चालनमा
दुई महिनासम्म स्थगित भएको हाड बजार पुन सञ्चालनमा
    • उमेश बुढा

    • १ माघ २०७९, आईतवार

 जुम्ला 

जुम्लाको सिँजा गाउँपालिकामा असोज महिनामा अविरल वर्षाले गर्दा हाड बजार लाग्ने ठाउँमा वाढीले तहसनहस पारे पछि । कार्तिक र मङ्सिर महिनाको १ गते हाड बजार लाग्न सकेको थिएन् ।

माघ १ गतेबाट पुन हाड बजार सुरु भएको छ । साउन महिना देखि हाड बजार सञ्चालन हुदै आएको थियो ।

सिँजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालका अनुसार ऐतिहासिक सिँजा हाड बजारको उद्येश्य भनेको , खस भाषा , खस सभ्यता , स्थानीय उत्पादन वालीको उजागर र पहिचान झल्काउने गरी हाड बजार प्रत्यक महिनाको १ गते सिजा गाउँ पालिकाको सहयोग र सफा नराकोट बजार व्यवस्थापन समितिको आयोजना भएको धितालले बताए ।

उनले भने वाढीपहिरोले गर्दा सिजाका नागरिक शोक, दुःख र ठुलो चिन्तामा परेकाले खुसीका काम गर्न सकेका थिएनौं , अहिले विस्तारै वाढीको मर्का भुल्दै आए पछि , पुन माग महिनाको १ गतेबाट नराकोट बजारमा हाड बजार पुन सञ्चालन भएको अध्यक्ष धितालले बताए ।

हिउँदको समयमा सिँजामा स्थानिय उत्पादन बाली खासै केहि नभएर हाड बजारमा कृषकले प्रदशन गर्ने नपाएको सफा नराकोट बजार व्यवस्थापन समिति अध्यक्ष बिजराम रानाले जानकारी दिनु भयो ।

रानाको अनुसार माग १ गतेको हाड बजारमा महिलाहरुले पुराना भाषा देउडा खेल खेलेर हाड बजारलाई रमञ्चकारी बनाएको बताए ।

२ महिना सम्म सिजा गाउ पालिकामा रोकिएको हाड बजार पुन माग १ गतेबाट बजार समितिले सञ्चालनमा ल्याएको छ ।
प्रत्येक महिनाको १ गते हाड बजार लाग्नेछ ।

माघे संक्रान्ति को बेला महिलाहरुमा साथी साथीसँग भेटघाटसँगै भलाकुसाली हाड बजारले गराएको महिलाहरुको भनाइ छ ।

भिडियो

साताकाे चर्चित
सम्बन्धित