प्रवक्ता महत ,कांग्रेसले फेरि देशको नेतृत्व ढिलोचाँडो लिन्छ
प्रवक्ता महत ,कांग्रेसले फेरि देशको नेतृत्व ढिलोचाँडो लिन्छ
    • Bell Sanchar

    • २ माघ २०७९, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन्।

तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतबार भएको कार्यक्रममा महतले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ।

बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ। तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ।’

महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए।

‘विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन्। देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ।

कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ’, उनले भने।

साताकाे चर्चित
सम्बन्धित