जीप दुर्घटना हुँदा १ जनाकाे मृत्यु १४ जना घाइते
जीप दुर्घटना हुँदा १ जनाकाे मृत्यु १४ जना घाइते
    • उमेश बुढा

    • २ माघ २०७९, सोमबार

जुम्ला 

जुम्लाको पातारासी गाउँपालिकाको लासी जाँदै गरेको जीप सोमवार अपरान्ह ४: ०० बजे दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ , भने १४ जना घाइते भएका छन् ।

जुम्ला बजारबाट पातारासीको लासी जाँदै गरेको ६ ग १ ज ४०३५ नम्बरको जीप दुर्घटना हुँदा पातारासी १ खालाढिकमा बस्ने छोजुम लामाको घटना स्थलमा मृत्यु भएको प्रहरी निरिक्षक यम वहादुर बुढा मगरले बताए ।

घाइते १४ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

उनले भने , प्रहरी घटना स्थलमा पुग्नु भन्दा अगाडि नै स्थानीयले उदार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ ।

पातारासीको कोटा भिरमा जीप व्याक गर्ने बेला सड्कबाट ५० मिटर तल तिला नदीमा खसेको थियो ।

घटना के कसरी भएको हो भने बारे प्रहरीले अनुसन्धान गरेको छ ।

 

  • सम्बन्धित विषय :
साताकाे चर्चित
सम्बन्धित