आज मिति २०७९ साल माघ ३ गते मंगलवारको राशिफल
    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

आज – ०३ माघ २०७९ मंगलवार को राशिफल
ज्यो.प. नारायणप्रसाद दुलाल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारलाई समय दिन सकिनेछ र शुभकार्यको चर्चा चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्र सामान्य नै रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिने र सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सानातिना बाधा अवरोध आइलागे पनि काम रोकिने छैन । वैदेशिक कार्य सम्पादनमा सहजता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज नयाँ योजना, अवसर र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । शेयर बजारले पनि साथ दिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्राविधिक कार्य सफल हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम सम्बन्ध कसिलो होला । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराले मनमा उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा पनि आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकाय र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज कसैसँग कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Nabintech
साताकाे चर्चित
सम्बन्धित