आज मन्त्रिपरिषद् विस्तार हुँदै
आज मन्त्रिपरिषद् विस्तार हुँदै
    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसका लागि राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरुको शपथको कार्यक्रम तय भएको छ ।
सोमबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो।  यद्यपि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेबारे भने सार्वजनिक गरिएको छैन । गृहमन्त्री रवि लामिछानेले दलहरुले आ–आफ्नो पार्टीमा मंगलबार छलफल गरेपछि मन्त्रीहरुको नाम बाहिर आउने जानकारी दिए ।

‘पार्टीले कुन कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा सहमति भइसकेको छ । को को मन्त्री बन्ने भनेर मंगलबार नामसहित बाहिर आउँछ । बिहान एकपटक छलफल गर्छौँ, मन्त्रालयको बाँडफाडका लागि फेरि बस्नु पर्दैन,’ लामिछानेले सोमबारको बैठकपछि भने, ‘ १ बजे शपथ हुन्छ । राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको छ ।’

पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले मन्त्रिपरिषदलाइ पूर्णता दिन लागेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित