विमान दुर्घटना : ४८ शव काठमाडौं ल्याइँदै
विमान दुर्घटना : ४८ शव काठमाडौं ल्याइँदै
    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

, काठमाडौं । पोखरा विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइँदैछ । केहीबेरमा  हेलिकप्टरबाट शव काठमाडौं ल्याउन लागिएको हो ।

पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव काठमाडौं प्रहरी प्रतिष्ठानमा ल्याउन लागिएको हो । सनाखत भएका २२ शव पोखराबाटै आफन्तको जिम्मा लगाइँदैछ भने ४८ शव काठमाडौं ल्याउन लागिएको हो ।

दुर्घटनाग्रस्त विमानमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेकोमा २ जनाको अवस्था अझै अज्ञात छ ७० जनाको शव फेला परेको छ ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको आरटीआर विमान सेती खोंचमा दुर्घटना भएको थियो ।

हालसम्म पोखरामा डाक्टर गणेश थापा र सदाकत मियाँको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । बाँकी २० जनाको शव आजै बुझाउने तयारी भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित