सुदूरपश्चिम प्रदेश सभाकाे सभामुखमा भण्डारी निर्वाचित
सुदूरपश्चिम प्रदेश सभाकाे सभामुखमा भण्डारी निर्वाचित
    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा भीम भण्डारी निर्वाचित हुनुभएको छ ।
सभामुख पदको लागि तेस्रो पटक भएको निर्वाचनमा कांग्रेसका मानबहादुर रावललाई पराजित गर्दै माओवादी केन्द्रका भण्डारी निर्वाचित हुनुभएको हो ।

यस अघि २८ र ३० गते भएको निर्वाचनमा कसैले पनि बहुमत नपाएपछि आज पुन निर्वाचन भएको थियाे।
आज बसेको प्रदेशसभा बैठकमा सभामुख चयनका लागि भएको मत विभाजनमा भण्डारीले २९ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा २३ मत खसेको थियो ।

यहाँ सत्ता गठबन्धन नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११, नागरिक उन्मुक्ती ७ र राप्रपाका १ जना तथा नेपाली काँग्रेसका १९, नेकपा एकीकृतका ४ र १ जना स्वतन्त्र सांसद हुनुहुन्छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बन्न २७ मत आवश्यक थियो ।

साताकाे चर्चित
सम्बन्धित