शपथ लिएलगत्तै पशुपति पुगे राप्रपाका मन्त्रीहरू
शपथ लिएलगत्तै पशुपति पुगे राप्रपाका मन्त्रीहरू
    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

राप्रपाबाट मन्त्री बनेकाहरू शपथ लिएलगत्तै पशुपति पुगेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका छन् भने उपाध्यक्ष ध्रुबबहादुर प्रधान कानून मन्त्री र बिक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन्। ऊर्जा राज्यमन्त्री दिपक सिंह भएका छन्।

आज दिउँसो शितल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै राप्रपाका मन्त्री र प्रधानमन्त्रीबाट शपथ लिएलगत्तै राज्यमन्त्री पशुपति पुगेका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीबाट मन्त्री भएकाहरू पशुपतिनाथ पुगेको र त्यसलगत्तै उनीहरू पदबहालीका लागि सिंहदरबार जाने बताए।

साताकाे चर्चित
सम्बन्धित