प्रधानमन्त्री प्रचण्ड ,वर्षमान पुनलाई भेट्न अस्पताल पुगे
प्रधानमन्त्री प्रचण्ड ,वर्षमान पुनलाई भेट्न अस्पताल पुगे

अस्पतालमा पुगेर उनले पुनको स्वास्थ्य अवस्‍था बुझेका हुन्। 

    • Bell Sanchar

    • ३ माघ २०७९, मंगलवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पतालमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेटेका छन्।

मंगलबार प्रधानमन्त्री प्रचण्डले ललितपुरको सुमेरू अस्पतालमा पुगेर पुनलाई भेटेका हुन्।

अस्पतालमा पुगेर उनले पुनको स्वास्थ्य अवस्‍था बुझेका हुन्।

चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि गत पुस ३० गते हेलिकप्टर चार्टर्ड गरी काठमाडौं ल्याइएको थियो।

उनलाई सुमेरू अस्‍पतालमा भर्ना गरिएको थियो।

वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए।

स्वास्थ्यमा सुधार आएपछि पुस ५ गते उनी काठमाडौं फर्किएका थिए।

यसअघि गत वर्ष पनि पुनको सुरूमा थाइल्याण्ड र पछि चीनका अस्पतालमा उपचार गरिएको थियो।

साताकाे चर्चित
सम्बन्धित