माधव नेपाल र उपेन्द्र यादवले धुम्बाराही पुगेर भेटे देउवालाई
माधव नेपाल र उपेन्द्र यादवले धुम्बाराही पुगेर भेटे देउवालाई
    • Bell Sanchar

    • ४ माघ २०७९, बुधबार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

आज बिहान कांग्रेस पदाधिकारी बैठक बस्नुभन्दा पहिले अध्यक्ष नेपाल र यादवले सभापति देउवासँग उनकै निवास धुम्बाराहीमा कुराकानी गरेका हुन्।

उनीहरूले सभामुख निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन्। सभामुख पदका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता र बिहीबार निर्वाचनको कार्यक्रम छ।

उनीहरूबीच समामुख निर्वाचनमा मिलेर जाने विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ।

गत पुस २६ गते कांग्रेस, एकीकृत समाजवादी र जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए पनि यी दल सरकारमा भने सहभागी भएका छैनन्।

प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्।

केही दिनअघि बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख तथा राष्ट्रपतिलगायत पदमा हुने निर्वाचनमा अन्य दलहरूसँग छलफल गरी अघि बढ्न सभापति देउवालाई जिम्मेवारी दिएको थियो।

साताकाे चर्चित
सम्बन्धित