नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छन्।
न्यौपाने कैलालीकी हुन्। उनी कांग्रेस केन्द्रीय सदस्य पनि हुन्। उनले लामो समय महिला संघमा काम गरेकी थिइन् भने महिला विभाग प्रमुख भएर पनि पार्टीमा काम गरेकी थिइन्।
उनी सभापति शेरबहादुर देउवानिकट हुन्।
कांग्रेस पदाधिकारी र संसदीय दल बैठकले सभामुखमा न्यौपानेलाई उठाउने बुधबार निर्णय गरेको थियो। सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।
कांग्रेसले जसपा, एकीकृत समाजवादी र लोसपालगायत दलसँग छलफल गरेर सभामुखमा समर्थन जुटाउने तयारी गरेको छ।
प्रतिनिधि सभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्।