त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनपछि मन्त्री किराँतीले भने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनपछि मन्त्री किराँतीले भने
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।

बिहीबार बिहान उनले काठमाडौंस्थित विमानस्थलको अनुगमन गरेका हुन्।

उनले विमानस्थलका शौचालय सफा र त्यहाँ सेनेटरी प्याडलगायत राखिनुपर्नेमा जोड दिए।

‘अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र छिरेको मान्छेले जीन्दगीभर सम्झिन्छ। राम्रो गीत बजेको शौचालय र राम्रा फोटो देखिने शौचालयमा अझ बसुँबसुँ लाग्ने,’ मन्त्री किराँतीले भने, ‘शौचालयमा काम गर्नेको सुविधा बढाइदिऊँ, कामअनुसार ड्रेस पनि भएन।’

विमानस्थलको शौचालयले सन्देश दिने उनको भनाइ थियो। विमानस्थलको शौचालय हेरेर स्थानीय तहले पनि राम्रो शौचालय बनाउन सक्ने उनले बताए। स्थानीय तहका प्रमुख तथा उपप्रमुख विमानस्थल आउँदा सफा शौचालय देख्ने र आफ्नो ठाउँमा पनि त्यस्तै शौचालय बनाउने उनको भनाइ थियो।

मन्त्री किराँतीले शौचालय सफा अभियान सुरू गर्न लागिएको बताएका छन्। विद्युतीय भर्‍याङबारे एक भिडिओ भाइरल भएको भन्दै उनले भने, ‘फेरि यस्तो नहोस्।’

उनले नीतिगत समस्या परे आफूले समाधान गर्न पहल गर्ने पनि बताए। उनले यात्रुका झोलाहरू हराउने र कैंचीले काट्नेजस्ता गुनासासमेत सुनिने गरेको बताएका थिए। ‘टेपले किन सुटकेस बाँध्ने रहेट भनेको त चोरिन्छ भनेर पो रहेछ,’ उनले भने।

उनले नेपालका विमानस्थललाई कमजोर सुरक्षाका दृष्टिले किन हेरिन्छ भन्नेबारे विवरण आफूलाई चाहिएको बताएका थिए।

साताकाे चर्चित
सम्बन्धित