दोस्रो स्थानमा उक्लने मौका गुमायो म्यानचेस्टर युनाइटेडले
दोस्रो स्थानमा उक्लने मौका गुमायो म्यानचेस्टर युनाइटेडले
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

एजेन्सी

काठमाडौं

क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई १- १ गोलको बराबरीमा रोकेको छ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत प्यालेसको मैदानमा गएराति भएको खेलमा युनाइटेडले सुरूवाती अग्रता लिए पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।

खेलको ४३ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि पहिलो हाफमा युनाइटेड १-० गोल अन्तरमा अघि रहेको थियो ।

तर खेलको अन्तिम मिनेटमा जोगिन नसक्दा युनाइटेड अंक बाड्न बाध्य भयो।

प्यालेसका मिखाएल ओलिसले इन्जुरी समयमा फ्रि किकमार्फत आकर्षक गोल गरेपछि युनाइटेड स्तब्ध बनेको थियो।

यो बराबरीसँगै युनाइटेडले म्यानचेस्टर सिटीलाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो।

तेस्रो स्थानमा रहेको युनाइटेडको १९ खेलबाट ३९ अंक छ। सिटीको पनि १८ खेलबाट समान ३९ अंक भए पनि गोल अन्तरमा अघि छ। शीर्ष स्थानको आर्सनलको ४७ अंक छ। १२ औँ स्थानमा रहेको प्यालेसको १९ खेलबाट २३ अंक जोडेको छ।

साताकाे चर्चित
सम्बन्धित