मराठी फिल्ममा सर्वाधिक कमाउने दोस्रो फिल्म बन्यो रितेश र जेनेलियाको ‘वेड’
मराठी फिल्ममा सर्वाधिक कमाउने दोस्रो फिल्म बन्यो रितेश र जेनेलियाको ‘वेड’
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

मराठी फिल्म ‘वेड’ ले बक्स अफिसमा इतिहास रचेको छ।

१५ करोड भारूमा बनेको ‘वेड’ मराठी फिल्मको दोस्रो सर्वाधिक कमाउने फिल्म बनेको हो।

अभिनेता रितेश देशमुख र जेनेलिया डिसुजा अभिनीत फिल्म ‘वेड’ पुस १५ गतेदेखि भारतमा प्रदर्शन भइरहेको छ। प्रदर्शन भएसँगै फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

रितेश देशमुख निर्देशित फिल्मले बक्स अफिसमा ५६ करोड भारू बढी कमाएको छ। यसै फिल्ममार्फत उनले निर्देशनमा डेब्यू गरेका हुन्।

यो फिल्ममा सलमान खान अतिथि भूमिकामा देखिएका छन्। फिल्ममा रितेश, जेनेलिया र सलमानसँगै जिया शंकर, अशोक सराफ, ऋषिकेश जोशी, सिद्धार्थ जाधव, जितेन्द्र जोशीलगाय कलाकारको अभिनय छ।

जेनेलियाले १० वर्षपछि फिल्म ‘वेड’ मार्फत कमब्याक गरेकी हुन्।

याे फिल्म सामन्था रूथ प्रभु र नागा चैतन्यको तेलुगु फिल्म ‘माजीली’ को मराठी रिमेक हो।

रितेश देशमुख र जेनेलिया डिसुजा फिल्म ‘तुझे मेरी कसम’को सुटिङका क्रममा असल साथी बने। उनीहरूले आफ्नो मित्रतालाई ९ वर्षपछि विवाहमा परिणत गरेका थिए।

सर्वाधिक कमाउने मराठी फिल्म हो ‘सैराट’। नागराज मञ्जुले निर्देशन गरेको फिल्म २०१८ मा प्रदर्शन भएको थियो। यो फिल्मले बक्स अफिसमा ११० करोड भारू कमाएको थियो। फिल्ममा आकाश तोषर र रिंकु राजगुरूको मुख्य भूमिका थियो।

साताकाे चर्चित
सम्बन्धित