वित्तीय विवरण पठाउन स्थानीय तहलाई मन्त्रालयको पुन तोकता
वित्तीय विवरण पठाउन स्थानीय तहलाई मन्त्रालयको पुन तोकता
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई वित्तीय स्थिति विश्लेषणका लागि मागेको तथ्यांक पठाउन पुनः ताकेता गरेको छ ।

मन्त्रालयले यसअघि गत ५ भदौमा सबै स्थानीय तहलाई भदौ मसान्तसम्म विवरण पठाउन भनेको थियो । तर अहिलेसम्म अधिकांश स्थानीय तहले विवरण नपठाएपछि सामान्यले फेरि ताकेता गरेको हो । मन्त्रालयले स्थानीय तहलाई आन्तरिक आय, बजेट तथा खर्च सम्बन्धी विवरण मागेको थियो ।

मन्त्रालयले तोकेतासम्बन्धी बिहीबार एक सूचना जारी गर्दै अब माघ मसान्तसम्म स्थानीय तहले विवरण पठाउनुपर्ने जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले दिएको निर्देशनलाई स्थानीय तहले बेवास्ता गर्दा मन्त्रालयमा विवरण सम्बन्धी काम गर्न असहज भइरहेको मन्त्रालयका कर्मचारीहरुले गुनासो गरेका छन् ।अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित