काठमाडौं , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई समर्थन गर्ने बताएका छन् ।
सभामुखको निर्वाचनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘जे भए पनि जस्तो भए पनि छातीमा मुड्कीले हानेर ईश्वरीलाई समर्थन गर्छौं ।
’नेपाली कांग्रेस प्रतिपक्षमा भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकामा उनले असन्तुष्टि जनाए ।
तर सभामुखमा मतदानका लागि अर्को विकल्प नभएकाले कांग्रेसकै उम्मेदवारलाई मत दिने बताएका हुन् ।