आलिया भट्टको हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ प्रदर्शन हुँदैछ
आलिया भट्टको हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ प्रदर्शन हुँदैछ
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

अभिनेत्री आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’ को प्रदर्शन मिति घोषणा भएको छ।

बुधबार भिडिओ क्लिप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। फिल्म अगस्ट ११ अर्थात् साउन २६ गतेदेखि नेटफ्लिक्समा प्रदर्शन हुनेछ।

सार्वजनिक भिडिओमा आलिया पनि प्रस्तुत छिन्। फिल्ममा आलियाको एक्सन रहेको छ।

टम हार्परले निर्देशन गरेको फिल्ममा चर्चित हलिउड अभिनेत्री गल गडोट र अभिनेता जेमी डोरनानको मुख्य भूमिका छ।

गल गडोट ‘वन्डर वुमन’ बाट चर्चित अभिनेत्री हुन्। त्यस्तै जेमी डोरनान ‘फिफ्टी सेड्स अफ ग्रे’ बाट चर्चामा आएका अभिनेता हुन्।

फिल्म निर्माता परिवारकी सन्तानका रूपमा बेलाबेला विभिन्न आलोचना खेपे पनि उनले आफ्नो अभिनयबाट आफूलाई अब्बल सावित गरिसकेकी छन्।

‘स्टुडेन्ट अफ द इयर’ बाट बलिउड फिल्मको मुख्य भूमिकामा देखा परेकी आलियाले यसपछि राम्रा फिल्ममा आफ्नो दमदार प्रस्तुति दिइन्।

आलिया पछिल्लो समय फिल्म ‘डार्लिङ्स’ मा देखिएकी थिइन्। अब उनी करण जोहरको ‘रकी और रानीकी प्रेम कहानी’ मा रणवीर सिंहसँग देखिनेछन्।

साताकाे चर्चित
सम्बन्धित