माघ ७ मा हुने उपसभामुख निर्वाचन
माघ ७ मा हुने उपसभामुख निर्वाचन
    • Bell Sanchar

    • ५ माघ २०७९, बिहीबार

यही माघ ७ गते शनिबार उपसभामुख चयनका लागि निर्वाचन हुने भएको छ।

ज्येष्ठ सदस्य पशुपतिशम्मेर जबराले शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने र उक्त बैठकमा उपसभामुख चयन गरिने बताए।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकले नेकपा एमालेका सांसद देवराज घिमिरेलाई सभामुख चयन गरेको छ।

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने भने पराजित भइन्।

उपसभामुखको निर्वाचन कार्यतालिका पनि प्रकाशित गर्न ज्येष्ठ सदस्यले निर्देशन दिएका छन्

उपसभामुखमा दलहरूले कसलाई उम्मेदवार बनाउने टुंगो लागिसकेको छैन।

साताकाे चर्चित
सम्बन्धित