सिँजामार्फत इन्जिनियर तर्फका प्रविधिलाई ३५ प्रतिशत सेवा दिने
सिँजामार्फत इन्जिनियर तर्फका प्रविधिलाई ३५ प्रतिशत सेवा दिने
    • उमेश बुढा

    • ५ माघ २०७९, बिहीबार

जुम्ला ।

जुम्लाको सिँजा गाउँपालिका मार्फत कार्यरत कर्मचारीहरुलाई पालिकाको आन्तरिक श्रोतबाट  ३५ प्रतिशत सेवा सुविधा दिने भएको छ ।

नेपाल सरकारले अस्थायी र स्थायी कर्मचारीको तलब स्केल तोकेको भन्दा थप पैतिस प्रतिशत सेवा सुविधा दिने सिँजा गाउँ कार्यापालिकाले निर्णय गरेर पारित भएको र कार्यान्यनमा आउने गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले जानकारी दिए ।

प्रशासन र अन्य शाखाका कार्यारत कर्मचारीलाई यो सेवा सुविधाको व्यवस्था गरेको छैन् धितालले भने , प्रविधिको कार्यलयमा र फिल्डमा अरु क्षेत्र भन्दा बडी काम गर्न खटिनु पर्ने भएकोले प्रविधिकमा कार्यरतका कर्मचारीलाई पैतिस प्रतिशत सेवा सुविधाको व्यवस्था गरेको धितालले बताए ।

पालिकाको आन्तरिक श्रोत जुटाउनको लागि बालुवा गुट्टीको टेन्डर भई काम सञ्चालनमा आएको छ ।

यो आर्थिक वर्षमा आन्तरिक राजस्व श्रोत १ करोड ६० लाख उठाउने लक्ष्य पालिकाले लिएको छ ।

लगभग ८ लाख श्रोत बढाउन सिजा गाउँपालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत धितालले बताउनु भयो ।

सिँजा गाउँ पालिकाले गरेको निर्यण स्वागत योग्य भएको इन्जिनियर राज कुमार भट्टले बताए ।

सोही पालिकामा १ इन्जिनियर सहित १० जना प्रविधिक कर्मचारी कार्यरत छन् भने , ६ जना स्थायी ४ जना अस्थायी कर्मचारी रहेको भट्टले जानकारी दिनु भयो ।

साताकाे चर्चित
सम्बन्धित