जुम्लाको पातारासीले ध्यानाकर्षणपत्र प्रजिअलाई बुझायो
    • उमेश बुढा

    • ६ माघ २०७९, शुक्रबार

( जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले जुम्ला देखि पातारासी हुँदै रारा जोडिएको सड्कको स्तरवृद्धि गराउनको लागि र पातारासी पालिकाको डिल्लीचौरको लासीमा चामल र नुनको डिपो राख्नु पर्ने आवश्यक छ भनेर पत्रमा उल्लेख गरी प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीलाई भेटेर पालिका उपाध्यक्ष जनमाया रोकाया र सबै वडा अध्यक्षले ध्यानाकर्षणपत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी केसरीले भने , जुम्ला पातारासी सड्कको विषयमा अनुगमन गरेर ट्राफिक व्यवस्थापनका विषयमा पनि स्थानिय सरकारले ध्यान दिनु पर्न केसरी बताए ।
उमेश बुढा जुम्ला
उमेश बुढा जुम्ला उमेश
विगत १० वर्षदेखि यो सड्कको स्तरवृद्धि हुन नसक्दा दर्जनौं सवारी साधन दुर्घटना परेका र दर्जनौं मानिसले अकालमै ज्यान गुमाउनु परेको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
जुम्ला बजारदेखि पातारासी हुँदै रारा सम्मको सड्कको स्तरवृद्धि तथा डिल्लीचौरको लासीमा चामल र नुनको डिपोको विषयमा ध्यानाकर्षण गराई पत्र हस्तान्तरण गरेको पालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्

Nabintech
साताकाे चर्चित
सम्बन्धित