हिमालचुली संस्थाले मोप्लामा सरसफाई गर्‍यो
हिमालचुली संस्थाले मोप्लामा सरसफाई गर्‍यो
    • उमेश बुढा

    • ७ माघ २०७९, शनिबार

  जुम्ला

जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ३ मोप्लामा हिमालचुली महिला बहुउद्देश्यीय सहकारी संस्थाले सरसरफाई कार्यक्रम गरेको छ ।

मोप्ला गाउँमा लगभग २५० घरधुरी भएको गाउँमा घरबाट निस्केका फोहोर वस्तु पलाष्टिक , सिसा , कपडा लगायत घरबाट भाँडा माझेर बाटोमा निस्केको फोहोको व्यवस्थापन गरी सरसफाइ गरेको संस्थाका व्यवस्थापक दन्त वहादुर शाहीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा संस्थाका समिति , सदस्य , शेयर सदस्य , जनप्रतिनिधि , स्थानियवासी , प्रहरी लगायतको सहभागीता रहेको शाहीले बताए ।

स्थानीयवासी सपुरा कामीले भनिन् , यसरी हाम्रो गाउँमा संस्थाले गाउँमै आयर सरसफाई गरेर बाटो र गाउँलाई सफा गरेको देख्दा हामी मोफ्लावासी खुसीका साथै संस्थालाई धन्यवाद र उत्तर उत्तर प्रगतिको कामना व्याक्त गर्दछौं कामीले बताइन् । वडा सदस्य रिउली कामीका अनुसार स्थानीय सरकारले नगरेको काम संस्थाले गरेको छ । भनिन , यस्ता जनचेतना र सरसफाइका काम पुन संस्थाले गर्दै आउने र स्थानीयले आफ्नो टोलमा वा घरवरिपरिको वातावरण सफा राख्दा मानिसको स्वास्थ्यमा पनि स्वास्थ हुने कामीले बताइन् ।

साविकको वड्की गाउँ विकास समिति भित्र रहेका गाउँ गाउँमा प्रत्येक महिनाको एक पटक सरसफाइ र वालविवाह सम्बन्धि जनचेतना कार्यक्रम गरिने संस्थाकी अध्यक्ष भदुरी कुमारी कठायतले बताइन् ।

मोप्ला गाउँ घरदुरी र जनसंख्या वडी भएकोले सोगाउँमा फोहोर हुने भएकोले यो गाउँमा संस्थाले सरसफाइ गरेको हो ।
घरवरिवरी सफाई राख्दा लामखुट्टे , सर्प मछेड जस्ता जिवाणुबाट बच्ने उद्यश्यले यो कार्यक्रम सञ्चालन गरेको हो । सिसि , पलाष्टिक , कपडा , फोहोर वस्तु संस्थाले उठाएर खाडल खनी जलाएको छ ।

साताकाे चर्चित
सम्बन्धित