कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि विहिन
कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि विहिन
    • उमेश बुढा

    • ८ माघ २०७९, आईतवार

जुम्ला ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्ष , वडा अध्यक्ष र कार्यपालिका सदस्यमा रहेका जनप्रतिनिधि विहिन भएका छन् ।

उक्त पालिकामा ८ वटा वडा रहेको कनकासुन्दरीमा हाल वडा नम्बर २ को मालिका बोतामा मात्र वडा अध्यक्ष कार्यलयमा छन् भने , ७ वडाका वडा अध्यक्ष कार्यलयमा छैनन् ।

वडा नम्बर २ का अध्यक्ष खाम्मा , रावत भन्नु हुन्छ , मलाई पनि सुर्खेत , नेपालगन्ज र काठमाडौं जाउ भनेका थिए, अरु जनप्रतिनिधिले तर म गइन् अहिले वडामा बसिरेको छु रावतले बताए ।

पालिका अध्यक्ष दामोदर प्रसाद आचार्यका अनुसार महिले पालिकाको कार्यलय कुरेर बस्दा मात्र विकास हँदैन त्यसले कावा अध्यक्ष छोडेर बाहिर भएको हुँ भने , अन्य वडा अध्यक्ष आफ्ना आफ्ना पार्टीका मन्त्रीलाई भेट्नको लागि र बजेट माग गर्न प्रदेश र संघ सरकार कहाँ पुगेका हुन आचार्यको भनाइ छ ।

जुम्लामा हिउँद याममा वढिमात्रामा जाडो हुने भएकाले जनप्रतिनिधि जाडो छल्न गएको देखिन्छ स्थानीय टेक हमालले बताए ।
उनले भने जनताको काम ठप्प नभए पनि यसरी कावा छोड्दै जनप्रतिनिधि हिउँदको समयमा कार्यलयमा नबस्ने प्रथा कहिले अन्त्य होला । यदि जेठ , असार , साउन भदौका महिनामा जनप्रतिनिधि कार्यलय छोडेर गएका हुदैनन् , तर मङ्सिर ,पुष र माग महिनामा कार्यलय छोडेर तराई झरेका हुन्छन, अर्का स्थानिय सुर्य वहादुर शाहीले बताए ।

गाउँकार्यपालिकाको टिम सल्लाह गरेर गएको जस्तो गरी कोही पनि जनप्रतिनिधि नबस्नु भनेको लाज मर्दो कुरा हो स्थानीय टेज वहादुर कठायतले बताए ।

वडा अध्यक्षहरु भन्नु हुन्छ , कोहि म विरामी भएकोले उपचार गर्न गएको हुँ ,कोहि म आन्नै कामले तराई गएको हुँ र वडा नम्बर ८ का वडा अध्यक्ष धन वहादुर कामी मात्र भन्नु हुन्छ , म बाढीपीडितलाई रावतको माग गर्न गएको हुँ भनाई छ ।

पालिका कावा अध्यक्ष प्रेमकली बुढाले भनिन् मोटर साइकल दुर्घटनामा परेर मेरो हातमा चोट लागेको छ , म पनि उपचार गर्न जाने भनेको हुँ तर जनप्रतिनिधि सबै गएकाले पालिका खाली गरेर जान सकेकी छैन् । अहिले कावा भएर चलाइरहेकी छु ,बुढाले बताइन् ।
कावाले कावा अध्यक्ष छोडेर जाने कुरा त गरेको हुँ तर जान सकेकि छैन् बुढाले भनिन् । कोही उपचार गर्छु भन्दै कोही केहि गर्छु भन्दै भएको बुढाले भनिन् ।

कनकासुन्दरी पालिका वडा नम्बर १ वडा अध्यक्ष भिम भण्डारी , ३ नम्बरका भैर वहादुर बुढा , ४ नम्बरका सुर्यमर्णी हमाल ९ धनमासिह ० , ५ का बिष्णु वडुवाल , ६ नम्बर वडाका प्रेम पछाई , ७ का तेज व जिसी , वडा नम्बर ८ का वडा अध्यक्ष धन वहादुर कामी र कार्पालिका सदस्य जैसरा कामी ,चन्दकली बुढा र सुर वहादुर घर्ती एक साताबाट
कार्यपालिका सदस्य समेत कसुमा रहेका छैनन् ।

पालिका र वडाका मुख्य प्रतिनिधि पालिका अध्यक्ष , वडा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत समेत कार्यलयमा नरेको देखिन्छ ।

निमित अधिकृतका अनुसार १६ जनाको सङ्ख्यामा रहेको कार्यपालिका अहिले ४ जना मात्र पालिका रहेका छन् अधिकृत जङ्गलाल बुढाले जनाउनु भएको छ ।

जुम्लाका ८ पालिका मध्ये हिउँदे गाउँसभा नगर्न सकेको कनका सुन्दरी पनि पर्छ ।
जनताको काममा ठप्प नभए पनि पालिका र वडाबाट लिइने सेवा सुविधामा समस्या आएको देखिन्छ ।
पालिकाको समग्र विकास सम्वृधिको लागि डलिकेशन र मागको विषय सम्बन्धि प्रदेश , संघ र मन्त्रीलाई माग गर्न गएको देखिदैन । कार्यापालिकाको निर्णय गरेर गएको पनि छैन् । कावा छोड्दै आफ्नो आफ्नो कामको विषय लिएर जनप्रतिनिधि गएको देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित