जुम्लामा खानेकुरामा जडिबुटी मिसाएर खाँदा एकको मृत्यु ३ विरामी
जुम्लामा खानेकुरामा जडिबुटी मिसाएर खाँदा एकको मृत्यु ३ विरामी
    • उमेश बुढा

    • ८ माघ २०७९, आईतवार

 

( जुम्ला । जुम्लामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा चन्दनाथ नगर पालिका रोकायावाडामा १ जनाको मृत्यु ३ जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३५ वर्षका दिपक रोकायाको मृत्यु भएको र ३८ वर्षिय तिल रोकाया , २८ वर्षिय टङ्क रोकाया र ३० वर्षिय पारस धराला विरामी रहेका छन् । विरामी मध्ये तिल रोकाया घर धनि हुन् भने उनको घर लगाउन आएका मिस्री रहेका छन् ।

गेडागुडीमा जडिबुटी मिसाएर खाएर विरामी परेका हुन् । विरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको लागि लिएको स्थानीय वासी भैर वहादुर धरालाले बताए । गेडागुडीमा मिसाएको जडिबुटी विष हुन सकेको हुनु पर्ने धरालाले बताए ।

विरामीको अवस्था तिन जना होसमा आइसकेका छन् । र विरामीलाई आइसियुमा उपचार भइरहेको डिएसपी नरेन्द्रले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित