कोइराला पक्षको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजे
कोइराला पक्षको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजे
    • Bell Sanchar

    • ८ माघ २०७९, आईतवार

नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा नेताहरुले संसदीय दलमा आफ्नो समूहको मत एकीकृत हुन नसक्नुको कारण खोजेका छन् ।

संसदीय दलको नेताको चुनावमा आफ्नो समूहका उम्मेदवार गगन थापाले समूहकै मत पनि नपाएको विषय उठाउँदै नेताहरूले त्यसको कारण खोजेका हुन् ।

बैठकमा सहभागी भएका एक नेताले प्रश्न गरे, ‘टिममा भोट त आउनुपर्ने हो ।

कि टिम भन्दै हिँड्नु भएन । टिमको नेता क्लियर हुनुपर्छ । अन्तिम समयसम्म हाम्रो टिमको उम्मेदवार किन चयन गर्न सकेनौं ?

उक्त चुनावमा उम्मेदवार भएका पार्टी महामन्त्रीसमेत रहेका गगन थापाले आफ्नो समूहका सांसदभन्दा कम मत पाएका थिए ।

६ पुसमा भएको चुनावमा सभापति देउवा ६४ मतका साथ संसदीय दलको नेता चुनिदा गगन थापाले जम्मा २५ मत मात्रै पाएका थिए ।

जबकि कोइराला समूहको मत ३१ थियो । थापालाई महामन्त्री विश्वप्रकाश शर्मा र अर्का युवा नेता प्रदीप पौडेलसमेतले समर्थन गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित