अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड ऋचालाई
अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड ऋचालाई
    • Bell Sanchar

    • ८ माघ २०७९, आईतवार

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन्।

अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा उनले छोटो फिल्म ‘ब्लड मनी’ उत्कृष्ट अवार्ड पाएकी हुन् ।

अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको फेस्टिभलमा जितेको अवार्डसहित उनी आउँदो बुधबार नेपाल फर्किँदैछिन् ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो ।

फेस्टिभलमा यो फिल्मको कथावस्तुलाई गम्भीर र फरक रुपमा हेरिएको छ ।

फिल्मबाट विभिन्न देशका मेकरले नेपालमा छायाङ्कन गर्ने इच्छा देखाएको लेखक तथा निर्देशक अशोक तिमल्सिनाले जानकारी दिए ।

उनले यो फिल्मबाट विभिन्न फेस्टिभलमा पनि अवार्ड प्राप्त गरिसकेका छन् ।

साताकाे चर्चित
सम्बन्धित