तामाङ समुदायले टुँडिखेलमा यसरी मनाए सोनाम ल्होसार
तामाङ समुदायले टुँडिखेलमा यसरी मनाए सोनाम ल्होसार
    • Bell Sanchar

    • ८ माघ २०७९, आईतवार

काठमाडौं, तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् ।

काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरूमा हर्षोल्लासपूर्ण रूपमा सोनाम ल्होछार मनाएका हुन् ।

ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा पनि विशेष महोत्सव र मेलाको आयोजना गरिएको थियो ।

तीन दिनसम्म टुँडिखेलमा तामाङ समुदायले ल्होछार पर्वको अवसरमा आफ्ना सांस्कृतिक, धार्मिक नाचगान एवं झाँकी समेत प्रदर्शन गरिएको छ ।

आजको दिन तामाङहरूको बसोबास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन् ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औं वर्ष शुरू भएको छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरू भएको छ ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ ।

 

साताकाे चर्चित
सम्बन्धित