उपसभामुख इन्दिरा रानाले लिइन् शपथ
उपसभामुख इन्दिरा रानाले लिइन् शपथ
    • Bell Sanchar

    • ९ माघ २०७९, सोमबार

 काठमाडौं ।  उपसभामुख इन्दिरा राना मगरले शपथ लिएकी छिन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच सभामुख  देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रानामगर  उसभामुखमा  निर्वाचित भएकी थिइन् ।  उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् ।

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले उपसभामुख हुने व्यक्ति राजनीतिक जिम्मेवारीमा नरहने प्रचलन छ ।

साताकाे चर्चित
सम्बन्धित