जुम्लाका जोरासिंह बुढा मृत फेला
जुम्लाका जोरासिंह बुढा मृत फेला
    • उमेश बुढा

    • १० माघ २०७९, मंगलवार

जुम्ला ।

जुम्लाको पातारासी ६ वाता बस्ने ४७ वर्षीय जोरासिंह बुढा मृत फेला परेका छन् ।
पातारासीको बाता साना जलविद्युत आयोजनाको नालीमा सोमवार दिउँसो बुढा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी निरिक्षक धर्मराज जोसीका अनुसार घटनाको बारेमा अनुसन्धान भइरहेको छ भने , घटनाको अवस्था बुझ्दा जमेको बरफमा जिप्लिएको जस्तो देखिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको र सत्यतथ्य बुझ्ने कार्य भइरहेको जोसीले जानकारी दिए ।

मृत बुढाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पोष्टमाडमको लागि ल्याउने तयारी भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित