एक युवक एक युवती झापाको चिया बगानमा मृत भेटिए
एक युवक एक युवती झापाको चिया बगानमा मृत भेटिए
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

काठमाडौं । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् ।

आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ ।

एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

अनुसन्धान सुरु भएको र घटनाबारे थप केही कुरा खुलिनसकेको प्रवक्ता पाठकले बताए ।

साताकाे चर्चित
सम्बन्धित