अमेरिकी डलरको भाउ घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?
अमेरिकी डलरको भाउ घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४३ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ८२ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ २२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रुपैयाँ ८ पैसा र बिक्रीमा ९१ रुपैयाँ ५० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३४ रुपैयाँ ७६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रुपैयाँ ३२ पैसा र बिक्रीमा ३० रुपैयाँ ४६ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४२७ रुपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४६ रुपैयाँ २६ पैसा तोकिएको छ।

साताकाे चर्चित
सम्बन्धित