कर्णालीका केहि जिल्लाहरुमा हिमपात सुरु
कर्णालीका केहि जिल्लाहरुमा हिमपात सुरु
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

, मुगु । हिमाली जिल्ला मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि लगतार हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको छ भने कृषकमा खुसीयाली छाएको छ ।

विगतका वर्षहरुमा मुगु लगायत कर्णालीका जिल्लामा मंसीर पुसमै हिमपात हुने गर्थ्यो । यसवर्ष भने माघको दोस्रो सातामा मात्रै हिमपात भएको छ ।

मुगुको पुर्वी मुगम कार्मारोङ गाउपालिकाको मुगु, डोल्फु, चितै, छायानाथ क्षेत्र, किम्री, ताखा, खारी, दाउरा, सेरोग, पुलु, पुअ, रिउस, मह, मांग्री, पापु, छाइल, चिमात लगायत गाउँबस्तीमा लगातार हिमपात भएको छ ।

त्यस्तै खत्याड गाउँपालीकाको खमाले, सेरी, निगालीबोट,जम्फै,साटबाडा,जाम,डाडुपाटा, कवा,चाकपाडे, लमेरा, कोटिल्ला, भागोटी, जिउका, गम्था, खेस्मालीका, लाम्रु, थारा, जामीर,नखर्जी लगायत ठाउँमा हिमपात भएको छ ।

सोरु गाउँपालीकाको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालीकाको रारा, ताल्चविमान स्थल, मुर्मा, बाम शोभा, लिउडी मुन्दु, कोटिल्ला, झ्यारी, रोवा, सोभा, घट्टेलेख, झाकोट, तललेख, लगायतका स्थानमा लगातार हिमपात भइरहेको छ ।

हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने हवाइ यातायात र सडकमा चल्ने सवारी साधनहरु रोकिएका छन् । रारा घुम्न आउर्ने आन्तरिक तथा बाहीय पर्यटकहरु लाई पनि निकै समस्यामा परेका छन्।

अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना पछि हिमपात सुरु भएको छ । हिमपात संगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् ।

चिसोले गर्दा भेडाबाख्रासहित अन्य पशुचौपायालाई समेत समस्या भएको सोरु गाउँपालिकाका पदम बहादुर शाहीले बताए । बाक्लो हिमपातले शैक्षिक संस्था, सरकारी कार्यलयको कामकाज प्रभावित भएका छन्।

हिमपातले मुगु जिल्लाको एक मात्र हवाई सेवा ताल्च विमान स्थल पनी बन्द भएको छ । हिमपातले हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा कृषकहरु आशावादी रहेका छन । विशेष गरि अहिले खेतबारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यहीबेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो हुने खत्याम गाउपालिका-९ का कृषक ललीजङ भण्डारीले जनाए ।

माघ महीनाको वर्षा र हिमपातले वर्षा खेतीपाती र बालीमा राम्रो हुने उनको भनाइ छ । सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रोसँग उम्रिने, विषेशगरी उम्रेको बाली नष्ट गर्ने फट्याँग्रा लगायतका किरा मर्ने र हिउदे बाली तथा तरकारीको उत्पादनमा पनि बृद्धि हुने कृषको भनाइ छ।

 

 

 

साताकाे चर्चित
सम्बन्धित