गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाए
गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाए
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

 पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएका छन् । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

एमालेबाट नवलपरासीका रोशन गाहामगर र कास्कीका वेदबहादुर गुरुङ मन्त्री हुने एमाले स्रोतले जनाएको छ । ७ सदस्यीय मन्त्रिपरिषदमा एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रबाट २ र राप्रपाबाट १ जना मन्त्री हुने सत्ता साझेदार दलबीच सहमति छ ।

मुख्यमन्त्री अधिकारीले एमाले, माओवादी र राप्रपाबाट एक एक जना मन्त्री भइसकेका छन् । एमालेबाट मन्त्री हुने २ जना र माओवादीबाट मन्त्री बन्ने एक जना टुंगो लाग्न बाँकी थियो ।

माओवादी संसदीय दलको बैठकले सोमबार नै म्याग्दीका रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरिसकेको थियो । एमालेले गाहामगर र गुरुङको नाम मन्त्रीमा टुंगो लगाएपछि ७ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।

माओवादीबाट मन्त्री भएका हरिबहादुर चुमान, एमालेबाट मन्त्री भएकी सीता सुन्दास र राप्रपाबाट मन्त्री भएका पञ्चराम तमु पनि हालसम्म विना विभागीय रहेका छन् ।

मन्त्रीको टुंगो लगाए पनि कुन कुन मन्त्रालय भन्ने अझै सार्वजनिक गरेका छैनन् ।

७ जना मन्त्रीको नाम टुंगियो, केही बेरमा मन्त्रालयबारे पनि थाहा पाउनुहुन्छ,’ मुख्यमन्त्री सचिवालय स्रोतले बतायो ।

रोशन गाहामगर नवलपुरका १ (२) बाट दोस्रो पटक निर्वाचित भएकमा हुन् भने कास्की-१ (२) बाट निर्वाचित वेदबहादुर गुरुङ यसअघि मादी गाउँपालिका अध्यक्ष थिए ।

प्रदेश प्रमुख कार्यालयका अनुसार मन्त्रीहरुलाई मंगलबार नै शपथ खुवाउने तयारी भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित