मन्त्री नारायणकाजी श्रेष्ठले मागे सुझाव
मन्त्री नारायणकाजी श्रेष्ठले मागे सुझाव
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

 काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ३ विषयमा सुझाव माग गरेका छन्।

सुशासन, यातायात व्यवस्थापन र पूर्वाधार (सडक, रेल, पानीजहाज) विकासका बारेमा श्रेष्ठले सुझाव मागेका हुन्।

मन्त्रालयबाट सम्पादन गर्ने कार्यहरूमा गुणात्मक परिवर्तन गरी परिणाम हासिल गर्नुपर्ने भएकोले उनले सुझाव मागेको उनको सचिवालयले गरेको अपिलमा उल्लेख छ।

‘सुशासन, यातायात व्यवस्थापन र पूर्वाधार विकाससम्बन्धी जानकारहरू र विषय विज्ञहरूसँग राय सुझाव लिने कार्यसमेत भइरहेको सन्दर्भमा समस्या समाधानका लागि सुझाव दिन अपिल गर्दछौं,’ मन्त्री श्रेष्ठका निजी सचिव नारायणप्रसाद लामिछानेले जारी गरेको अपिलमा भनिएको छ।

 

साताकाे चर्चित
सम्बन्धित