अजय देवगनको फिल्म ‘भोला’ को दोस्रो टिजर
अजय देवगनको फिल्म ‘भोला’ को दोस्रो टिजर
    • Bell Sanchar

    • १० माघ २०७९, मंगलवार

अजय देवगन निर्देशित फिल्म ‘भोला’ को दोस्रो टिजर सार्वजनिक भएको छ।

मंगलबार अजय देवगन फिल्म्स युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा एक बुवाले आफ्नी छोरीलाई १० वर्षमा दिन नसकेकाे कुरा एक रातमा दिन गरेकाे संघर्ष देखाएको छ।

यो अजयको डेब्यू निर्देशकीय फिल्म हो। फिल्ममा अजयले भोलाको भूमिका निवार्ह गरेका छन् भने तब्बु प्रहरीको भूमिकामा देखिएकी छन्।

भोला बाहिर लडाकु र भित्री रक्षक हुन्।

अजय देवगनले नै निर्माण गरेको फिल्ममा अजय र तब्बुसँगै दीपक दोबरियाल, गजराज राव, सञ्जय मिश्रालगायत कलाकारको अभिनय छ।

‘भोला’ दक्षिण भारतीय फिल्म ‘कैथी’ को रिमेक हो। यो फिल्म ३० मार्चदेखि प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित