माओवादी केन्द्र मधेश प्रदेशका २ सांसदले आज शपथ लिए
माओवादी केन्द्र मधेश प्रदेशका २ सांसदले आज शपथ लिए
    • Bell Sanchar

    • ११ माघ २०७९, बुधबार

 काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेशका दुईजना प्रदेश सांसदले शपथ लिएका छन् ।

रजि हैदर र रुवी कर्णले प्रदेश सभा सचिवालयमा आज शपथ लिएका हुन् ।

सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् ।

दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् ।

मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो ।

मधेश प्रदेशमा अरु १०५ सांसदको शपथ भने गत पुस १५ गते भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित