प्रमुख निर्वाचन आयुक्त थपलिया,निर्वाचनसम्बन्धी ऐन संशोधनको तयारीमा छौं
प्रमुख निर्वाचन आयुक्त थपलिया,निर्वाचनसम्बन्धी ऐन संशोधनको तयारीमा छौं
    • Bell Sanchar

    • १२ माघ २०७९, बिहीबार

 काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधनको तयारीमा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औंल्याउँदै त्यसको संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको पनि स्पष्ट पारे ।

उनले भने, ‘हामी यही संसदमा एकीकृत निर्वाचन कानुन लिएर जाने तयारीमा छौं ।

त्यसकारण तपाईहरुसँगको यो बसाई र त्यसपछिका सुधारका कुराहरु पनि त्यो ऐनलाई टेकेर ऐनमा के कुरा लिएर जाने, त्यो पनि हामी लिएर जान्छौं । ‘

२०७४ सालको निर्वाचन पछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाँहि ऐननै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि ऐन संशोधन आयोगको मुख्य कार्यभारको रुपमा रहेको स्पष्ट पारे ।

त्यसका लागि सम्बन्धित निकायहरुसँग थप छलफल गरी ऐन शंशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरुको योजना रहेको उनको भनाई थियो ।

उनले भने, ‘ अबको साँढे २ वर्षको अवधिमा २०७४ सालको निर्वाचनका एउटा सानो घटना म तपाईहरुलाई बताउन चाहन्छु ।

निर्वाचन आयोगले मात्रै एउटा अध्ययन गरेर कतिवटा सुधार गर्नुपर्छ भनेर प्रतिवेदन निकाल्दा १४७ वटा क्षेत्रमा सुधार गर्नुपर्छ भनेको रहेछ ।

ती मध्ये ८२ वटा कुरा चाहिँ ऐनमै संशोधन गरेर सुधार गर्नुपर्छ भनेर लेखिएको रहेछ । भनेपछि मेजर कुरा त ऐन छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दावी गर्दै विभिन्न संस्थाहरुले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औंल्याएको आधारमा सुधारका अन्य कार्ययोजनाहरु पनि तय हुँदै जाने बताए ।

साताकाे चर्चित
सम्बन्धित