रवि लामिछाने नागरिकता लिन जिल्‍ला प्रशासन कार्यालय काठमाडौं पुगे
रवि लामिछाने नागरिकता लिन जिल्‍ला प्रशासन कार्यालय काठमाडौं पुगे
    • Bell Sanchar

    • १५ माघ २०७९, आईतवार

काठमाडौं । नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।

आइतबार उनी नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन्।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्।

यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो।

लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए। यी सबै पदमा उनी अहिले छैनन्।

लामिछानेले सर्वोच्चको आदेश स्वीकार गर्ने प्रतिक्रिया दिएका थिए।

साताकाे चर्चित
सम्बन्धित