महिला यू–१९ विश्वकपको उपाधि भारतले जित्यो
महिला यू–१९ विश्वकपको उपाधि भारतले जित्यो
    • Bell Sanchar

    • १६ माघ २०७९, सोमबार

एजेन्सी

काठमाडौं, भारतले दक्षिण अफ्रिकामा जारी महिला यू-१९ महिला विश्वकपको उपाधि जितेको छ।

फाइनलमा इंग्ल्यान्डलाई ७ विकेटले हराउँदै पहिलो पटक भएको महिला यू–१९ विश्वकप उपाधि भारतले उचालेको हो।

जितको लागि ६९ रनको विजयी लक्ष्य पछ्याएको भारतले १४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो। भारतका लागि सौम्या तिवारी र गाेंगडी तृषालेले समान २४-२४ रन बनाए।

यस्तै कप्तान शफाली बर्माले १५ रन जोडिन्।

इंग्ल्यान्डका लागि हन्ना बाकेर, ग्रेस स्क्रिभेन्स र एलेक्सा स्टोनहाउस एक-एक विकेट लिएका थिए।

त्यसअघि सेनवेस पार्कमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड १७.१ ओभरमा अलआउट हुँदै ६८ रनमा अल आउट भयो।

उसका लागि रियाना म्याकडोनाल्ड गेले सर्वाधिक १९ रन बनाइन्। एलेक्सा स्टोनहाउस र सोफिया स्मालेले समान ११–११ रन बनाउँदा नियाम हल्याण्ड १० रन जोडिन्। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतका लागि तितास साधु, अर्चना देवी र पाश्रर्वी चोपडाले समान २-२ विकेट लिए।

भारतले सेमिफाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने इंग्ल्यान्डले अष्ट्रेलियालाई सेमिफाइनलमा तीन रनले हराएको थियो।

कुल १६ टोलीको सहभागीता रहेको महिला यू–१९ विश्वकप पहिलो पटक आयोजना भएको हो।

साताकाे चर्चित
सम्बन्धित