स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिए
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिए
    • Bell Sanchar

    • १६ माघ २०७९, सोमबार

एजेन्सी

काठमाडौं, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियलले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको हो।

घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा रियलले अंक तालिकामा शीर्ष स्थानको बार्सिलोनासँग अंक छोट्याउने मौका गुमायो।

रियल १८ खेलबाट १३ जित र ३ बराबरीसहित ४२ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट १५ जित र २ बराबरीसहित ४७ अंक छ।

यता रियललाई बराबरीमा रोकेको सोसिडाड एक खेल बढी खेल्दै ३९ अंक जोडेर तेस्रो स्थानमा छ। उसले चौथो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ।

साताकाे चर्चित
सम्बन्धित