८७ प्रकारका सूचना गोप्य राख्ने गरी गरिएको वर्गीकरणको निर्णय कार्यान्वयन नहुने
८७ प्रकारका सूचना गोप्य राख्ने गरी गरिएको वर्गीकरणको निर्णय कार्यान्वयन नहुने
    • Bell Sanchar

    • १६ माघ २०७९, सोमबार

 काठमाडौं । सूचना वर्गीकरण समितिले ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी गरेको सूचनाको वर्गीकरणको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरोकारवालसँगको छलफलमा यो निर्णय कार्यान्वयन नगर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

मुख्य सचिव शंकरदाश बैरागीको नेतृत्वमा रहेको समितिले सूचना वर्गीकरण गर्दा कतिपय नीतिगत विषयलाई पनि गोप्य सूचनामा वर्गीकरण गरेको भन्दै विरोध सुरु भएको थियो ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले उक्त वर्गीकरणप्रति चासो व्यक्त गर्दै सरोकारवालसँग छलफल गरेका हुन् ।अनलाइनखबर

साताकाे चर्चित
सम्बन्धित