गृहमन्त्री कसलाई बनाउने? प्रधानमन्त्रीको जवाफ, बनेपछि थाहा पाउनुहुन्छ
गृहमन्त्री कसलाई बनाउने? प्रधानमन्त्रीको जवाफ, बनेपछि थाहा पाउनुहुन्छ
    • Bell Sanchar

    • १६ माघ २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् ।

आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलालाई समेत भेटेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन् ।

सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए ।

बैठकपछि बहिरिने क्रममा सञ्चारकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीबारे प्रश्न गरेका थिए ।

गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ ।’

साताकाे चर्चित
सम्बन्धित