जुम्लामा वहुविवाह फरार अभियुक्त विष्ट प्रहरीको नियन्त्रणमा
जुम्लामा वहुविवाह फरार अभियुक्त विष्ट प्रहरीको नियन्त्रणमा
    • उमेश बुढा

    • १६ माघ २०७९, सोमबार

जुम्ला 

जुम्लामा वहुविवाह फरार अभियुक्त चन्दनाथ नगरपालिका  १ ठिन्के भन्ने ठाउँबाट सोमवार दिउँसो साढे १ बजे लक्ष्मी विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दनाथ नगरपालिका १ ठिन्के भन्ने ठाउँबाट सादा पोसाकमा खटिएको प्रहरीले विष्टलाई पक्राउ गरेको हो ।
प्रहरी सहायक निरिक्षक कलवहादुर रोकायाको कमानमा खटिएको टोलीले पक्राउ गरेको हो ।

जुम्लाको पातारासी ६ का लक्ष्मी विष्ट वहुविवाह मुद्दाका फरार पक्राउ परेको प्रहरीले जनाएको छ । विष्टलाई जिल्ला अदालत जुम्लाले मिति २०७८ साल चैत ११ गते फैसलाले १० हजार ,१० महिना जरिवाना र २८ दिन कैद सजाय सुनाएको थियो ।

ठिन्केबाट पक्राउ परेका वहुविवाह फरार अभियुक्त विष्टलाई जिल्ला अदालत जुम्लामा पेश गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित