यस्तो छ पुष्प र वर्षा अभिनीत फिल्म ‘मनसँग मन’ को ट्रेलर (भिडिओ)
यस्तो छ पुष्प र वर्षा अभिनीत फिल्म ‘मनसँग मन’ को ट्रेलर (भिडिओ)
    • Bell Sanchar

    • १७ माघ २०७९, मंगलवार

 काठमाडौं । कैलाश राई निर्देशित फिल्म ‘मनसँग मन’ को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटी र पुष्प खड्काबीचको प्रेमलाई देखाइएको छ।

अरुण तामाङले निर्माण गरेको फिल्ममा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, महेन्द्र बगदास, सन्ते दा, चाँदनी प्रधानलगायत कलाकारको अभिनय छ। फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा विशेष भूमिकामा देखिनेछन्।

सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी  लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ।

यो फिल्म माघ २७ गतेदेखि प्रदर्शन हुनेछ।

साताकाे चर्चित
सम्बन्धित