प्रियंका चोपडाले पहिलो पटक देखाइन् छोरीको अनुहार
प्रियंका चोपडाले पहिलो पटक देखाइन् छोरीको अनुहार
    • Bell Sanchar

    • १८ माघ २०७९, बुधबार

पछिल्लो समय बलिउड कलाकारहरूले आफ्नो छोराछोरीलाई सञ्चार माध्यम र सामाजिक सञ्जालबाट टाढा राख्दै आएका छन्।

यस सूचीमा अनुष्का शर्मा, प्रियंका चोपडा र आलिया भट्टको नाम अगाडि आउँछ। उनीहरू सार्वजनिक कार्यक्रममा जाँदा समेत आफ्नो बच्चाको तस्बिर खिच्न अनुमति दिँदैनन्। तर हालै प्रियंका चोपडा र निक जोनसकी छोरी मालतीको तस्बिर सार्वजनिक भएको छ।

लस एन्जल्समा जोनस बर्दसले आयोजना गरेको कार्यक्रममा प्रियंका छोरीलाई लिएर पुगेकी थिइन्। उक्त कार्यक्रमबाट उनको छोरीको तस्बिर बाहिरिएको हो।

सार्वजनिक तस्बिरमा मालती सेतो कपडामा देखिएकी छन्। यसैबीच एक भिडिओ भाइरल भइरहेको छ जसमा मञ्चमा निकले बोलिरहेको बेला छोरीको नाम लिन्छन्। प्रियंकाले मालतीलाई आफ्नो काखमा उभाएर निकतर्फ फर्काउँछिन्।

उक्त भिडिओ प्रियंका स्वयमले इन्स्टाग्राममा सेयर गरेकी छन्।

प्रियंका र निकले सन् २०२२ जनावरी २२ मा छाेरीकाे जन्मेकाे घाेषणा गरेका थिए। जन्मिँदै स्वास्थ्यमा समस्या देखिएपछि प्रियंका र निक जोनसले आफ्नी छोरीलाई एनआइसियू (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा एक सय दिन राखेका थिए।

उनीहरूले आ-आफ्नो संस्कृतिअनुरूप छोरीको नाम राखेका थिए। हिन्दु नाम मालती र अंग्रेजी नाम मेरी राखेका हुन्।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार मालती संस्कृत शब्द हो जसको अर्थ वासनादार फूल र चन्द्रमा भन्ने लाग्छ। त्यस्तै फ्रेन्च शब्द मेरीको अर्थ समुद्रको तारा भन्ने हुन्छ। छोरीको थरमा आमा र बाबु दुवैको चोपडा र जोनस राखेको बताइएको छ।

निक र प्रियंकाले सन् २०१८ मा विवाह गरेका हुन्। प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेपछि उनीहरूको भेट भएको थियो। उनीहरूको भेट सन् २०१७ को ‘मेट गाला’ मा भएको थियो।

यसलगत्तै सन् २०१८ अगस्टमा उनीहरूको इन्गेजमेन्ट भएको थियो भने त्यही साल डिसेम्बरमा उनीहरूले क्रिस्चियन र पन्जाबी परम्पराअनुसार बिहे गरेका थिए।

 

साताकाे चर्चित
सम्बन्धित