रुसी हतियारबाट भारतलाई मुक्त गराउन अमेरिकाले बनायो योजना
रुसी हतियारबाट भारतलाई मुक्त गराउन अमेरिकाले बनायो योजना
    • बेल संचार

    • १८ माघ २०७९, बुधबार

अमेरिका र भारतले अत्याधुनिक रक्षा तथा कम्प्युटिङ प्रविधिमा साझेदारी गर्ने योजना बनाएका छन् ।

त्यसक्रममा जनरल इलेक्ट्रिक कम्पनीको जेट इन्जिनको संयुक्त उत्पादन पनि गर्ने योजना बनेको हो ।

नयाँ दिल्लीलाई रुसबाट टाढा पार्ने अनि चीनको प्रतिकार गर्ने बाइडन प्रशासनको नीतिअन्तर्गत यो कदम चालिएको हो ।

यूएस–इन्डिया इनिसिएटिभ अन क्रिटिकल यान्ड इमर्जिङ टेक्नोलोजीज नामक योजना मंगलवार सार्वजनिक गरिएको हो । यसले अमेरिकाका सहयोगी मुलुकहरूसँग सैन्य, प्राविधिक तथा आपूर्ति शृंखला सम्बन्धलाई बलियो बनाउने एजेन्डा बोकेको छ ।

मस्को वा बेइजिङले तेर्स्याएका भूराजनीतिक चुनौतीबाट मात्र यो योजना निर्देशित नरहेको अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभान बताउँछन् । त चीनको आक्रामक सैन्य कदम तथा आर्थिक व्यवहारले दिल्लीको सोचमा गहन प्रभाव पारेको उनले थपे ।

भारतले यस योजनाअन्तर्गत जीई जेट इन्जिनहरू देशमै उत्पादन गर्न चाहेको छ । ती इन्जिनहरू भारतले आफ्ना लडाकू विमानमा उपयोग गर्ने गरेको छ । भारतीय युद्धविमानका लागि जेट इन्जिनको संयुक्त उत्पादनलाई स्वीकृति दिन जीईले गरेको प्रस्तावमा अमेरिकी अधिकारीहरूले मूल्यांकन गरिरहेको सलिभानले बताए । यस विषयमा कहिले घोषणा गरिन्छ भनी उनले खुलाउन चाहेनन् तर दुवै देशले द्रुत तथा महत्त्वाकांक्षी प्रगतिको लक्ष्यमा काम गरिरहेको उनको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित